|

काठमाडौं : साउदी अरबमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ। 

एउटा पुलमा ठोक्किएर पल्टिएपछि बसमा आगो लागेको अधिकारीहरुले बताएका छन्। दुर्घटनामा अन्य २९ जना घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा बढी तीर्थयात्री रहेका छन्। उनीहरु उमराहका लागि मक्का जाँदै थिए। 

स्थानीय सञ्चारमाध्यमका अनुसार बसमा सवार यात्रु विभिन्न देशका थिए। उनीहरु कुन देशका हुन् भन्ने खुलाइएको छैन्। उमराह हज जस्तै एक मुस्लिम धार्मिक तीर्थयात्रा हो। 

साउदी अरेबियामा हजको समयमा बाहेक जुनसुकै समयमा तीर्थयात्रीहरू उमराका लागि जान सक्छन्। तर, रमजानको महिनामा बढी जाने गर्छन्। साउदी अरेबिया बाहिरका यात्रुहरूलाई उमराहको लागि विशेष भिसा चाहिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.