काठमाडौं : विश्व विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा क्युरासाओविरुद्ध ७–० को फराकिलो जित हात पारेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरे।
बुधबार बिहान घरेलु मैदानमा सम्पन्न खेलको २० औँ मिनेटमा मेस्सीले अर्जेन्टिनालाई अग्रता दिलाए। २३ औँ मिनेटमा निकोलस गोन्जालेसले दोस्रो गोल गरे। ३३ औँ मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गरे।
३५ औँ मिनेटमा इन्जो फर्नान्डेजले टिमका लागि चौथो गोल गरेका थिए। मेस्सीले ३७ औँ मिनेटमा ह्याट्रिक पूरा गरे। क्युरासाओविरुद्ध तीन गोल गरेसँगै मेस्सीको अन्तर्राष्ट्रिय गोल संख्या १ सय २ पुगेको छ।
अन्तर्राष्ट्रिय फुटबलमा सय गोल पूरा गर्ने उनी तेस्रो खेलाडी हुन्। यस अघि इरानका अलि दाई र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले सय गोल पूरा गरिसकेका छन्।
एन्जल डिमारियाले ७८ औँ मिनेटमा गोल गर्दा अर्जेन्टिनाले ६–० को अग्रता बनायो। सातौँ गोल गोन्जालो मोन्टिएलले ८७ औँ मिनेटमा गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।