|

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले लामो समयदेखि फरार एमालेका सांसद लक्ष्मी कोइरीको खोजी गरेका छन्। प्रतिनिधि सभामा बोल्दै फरार सांसद विगत लामोसमयदेखि संसद् भवनमा नदेखिएको भन्दै सभामुखलाई ध्यानाकर्षण गराएका थिए।

‘आज १७ औं पटक संसद् चलिरहेको छ। एकजना सांसद् देखिरहेको छैन। १० पटक भन्दा बढी संसद्‍मा नआए संसद् खाली हुन्छ भन्ने खाली हुन्छ भन्ने नियमावलीमा पढेको थिएँ। महोत्तरीबाट निर्वाचित कोइरी हराइरहनुभएको छ। यो सूचना सभामुखलाई जानकारी गराउन चाहन्छु’, उनले भनेर

कोइरी महोतरी-२ बाट निर्वाचित भएका हुन्। मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षकको हत्या गरेको अभियोग उनीमाथि छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.