|
फाइल तस्वीर

विराटनगर : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले  पहिचानसहितको नाम राख्नुपर्नेमा जोड दिएका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका उनले आज (बुधबार) विराटनगर एयरपोर्टमा कुराकानीको क्रममा  यस्तो बताएका हुन्।

प्रदेशको नाम फेर्न जरुरी रहेको र पहिचानसहितको नाम राख्नुपर्नेमा जोड दिँदै उनले नाम राख्ने क्रममा हिजो भएको गल्ती सुधार गर्नु जरुरी रहेको समेत बताए। पछिल्लो समय पहिचान पक्षधरले गरेका आन्दोलनका विषयमा उनले आन्दोलन निषेध, दमन गर्नु ठिक नभएको टिप्पणी गरे।

‘प्रदेशको नाम जनताको मागविपरीत भएकाले परिवर्तन गर्नुपर्छ‚’ उनले भने, ‘कार्यालय तोडफोड गर्नु हुँदैन तर आन्दोलनकारीलाई सडकमा रोक लगाउनु गलत हो।’  गत फागुन १७ गते तत्कालीन प्रदेश १ को नाम प्रदेशसभाबाट ‘कोशी प्रदेश’ पारित भएको थियो।

एकीकृत समाजवादीका राईसहित ४ जना सांसदले पहिचानको पक्षमा मत हालेका थिए। नाम पारित भएसँगै पुनः नामकरण संयुक्त संघर्ष समितिले कोशी नाम खारेजीको माग राख्दै  आन्दोलन गरिरहेका छन्। आन्दोलनकै क्रममा चैत ५ गते  विराटनगरमा भएको प्रदर्शनमा  घाइते बेलबारी-२ का पदम लिम्बू (लाजेहाङ) को १० गते मृत्यु भएको थियो। उनको शव अझै उठ्न सकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.