|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले असनमा गएराति ९ बजे मच्छिन्द्रनाथको रथको दर्शन गरी प्रसाद ग्रहण गरेका छन्। 

 सेतो मच्छिन्द्रनाथको रथ तानेर असन ल्याइएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गरेका हुन्। 

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि तान्ने गरिएको छ। यो रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। 

रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ। तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ। लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ। राजधानीमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.