|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार चितवन जान लागेका छन्। 

चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्न प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ। 

सत्ता गठबन्धनको बैठक र मन्त्रिपरिषद् विस्तारको चटारोसँगै उनी चितवन जान लागेका हुन्। 

उनी फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ। 

 बुधबार सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबण्डाको संख्यामा सहमति जुटाएका थिए। बिहीबार बिहान पुनः बैठक बसेर मन्त्रालय भागबण्डाबारे टुंगो लगाउने र अपराह्नसम्ममा मन्त्रिपरिषद् बिस्तार गर्ने तयारीमा प्रचण्ड छन्।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.