|

काठमाडौं : सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। मन्त्रालय भागबन्डा मिलेसँगै मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा सत्ता गठबन्धनको बैठक बसेको हो। 

प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा ९ दलका शीर्ष नेता नेताहरुको सहभागिता छ। बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी बनेसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन्।  मन्त्रालय भागबन्डाको लगभग टुंगो लागे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन। ​ 

दलहरुले मन्त्रालयमा दोहोरो–तेहरो दाबी गरेकाले त्यसलाई मिलाउन प्रधानमन्त्रीलाई सकस परेको छ।  बुधबारको समझदारी तलमाथि नभए मन्त्रिपरिषद विस्तार र शपथ आजै हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। दलहरुले आ–आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा मन्त्रीहरुको नाम आजै दिँदै छन्। 

राष्ट्रपति कार्यालयले पनि मन्त्रीको शपथ आजै हुन सक्ने भन्दै तयारी रहन कर्मचारीलाई भनेको छ। यद्यपी समय भने टुंगो लागिनसकेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

बुधबारको गठबन्धन बैठकमा कांग्रेस ८, माओवादी ५, जसपा र एकीकृत समाजावादी २ – २, लोसपा १, नाउपा १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता र नेसपाले १ – १ मन्त्रालय लिने सहमति भएको छ। 

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्।​ कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने समझदारी भएको छ। गृह मन्त्रालय माओवादीले आफैँसँग राख्न चाहेपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति भएको हो।

प्रमुख सत्तारुढ दल कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले दलको तर्फबाट सरकारमा नेतृत्व गर्दै छन्। मन्त्रिपरिषद् विस्तारपछि आजै सरकारको न्यूनतम साझा कार्यक्रम पनि सार्वजानिक गर्ने तयारी छ।

 गत पुस १० को सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन्।  माघ १५ देखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार मन्त्री मात्रै सरकारमा छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.