|

काठमाडौं : राष्ट्रिय सभाको बैठक बिहीबार बस्दैछ।

बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट चारवटा आयोगका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले जानकारी दिए।

थारु, राष्ट्रिय समावेशी, राष्ट्रिय मानव अधिकार र आदिवासी जनजाति आयोगका वार्षिक प्रतिवेदन पेश हुनेछ। त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले समितिको आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/७८ सम्मको वार्षिक प्रतिवेदन कार्यान्वयन अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत  गर्नेछन्।

सांसद डा. बेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक,२०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.