|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गठबन्धन बैठक छाडेर चितवन गएका छन्। 

मन्त्रालय भागबण्डाका लागि बोलाइएको बैठक छाडेर प्रधानमन्त्री चितवन उडेका हुन्।  विमानस्थल भवनको शिलान्यासका लागि उनी बालुवाटारबाटै हेलिकप्टरमार्फत चितवन गएका हुन्।​

कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू अहिले पनि बालुवाटारमा नै छन्। उनी दिउँसो एक बजे काठमाडौं फर्किने कार्यक्रम रहेको छ। प्रधानमन्त्री प्रचण्डको व्यस्तताले बैठक दिउँसो २ बजे फेरि बस्ने गरि सकिएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।

उनले केही मन्त्रालयको टुंगो लाग्न बाँकी रहेकोले दिउँसो बैठक बसेर टुंग्याइने नेता श्रेष्ठले बताए। उनका अनुसार दलहरुले आज नाम दिए आजै मन्त्रिपरिषद बिस्तार हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.