|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। 

बिहीबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको विषयमा मोटामोटी सहमति गरिसकेकाले साँझसम्म मन्त्रिमण्डल विस्तारको तयारी गरेको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए। उनले मन्त्रालयमा सहमति भइसकेका दलहरूले मन्त्रीको नाम नदिँदा ढिलाई भएको बताए। 

‘सबै पार्टीले आन्तरिक प्रक्रियाबाट मन्त्रीको नाम टुंगो लाग्यो भने साँझसम्म शपथग्रहण हुन्छ। पार्टीहरूले मन्त्रीको नाम दिन सकेनन्। पार्टीहरूले संस्थागत निर्णय छिटो ल्याउन भनिएको छ। सबै पार्टीले नाम दिए भने भने साँझसम्म शपथग्हण हुन्छ,’ उनले भने। 

मन्त्रालयको विषयमा सहमति नभएका दलहरूबीचको बैठक दिउँसो २ बजे बस्ने नेता श्रेष्ठले जानकारी दिए।  बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालयको भागबन्डामा मोटामोटी सहमति गरिसकेको छ। जसअनुसार नेपाली कांग्रेसलाई अर्थ, परराष्ट्र, रक्षासहित ८, माओवादी केन्द्र प्रधानमन्त्री, गृहसहित ५, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी  र जनमतलाई दुई/दुई, लोसपा, नागरिक उन्मुक्ति, जनमत, आमजनता र नेसपाले १/१ मन्त्रालय पाउने सहमति भएको छ। तर, यी मन्त्रालयमा कसलाई पठाउने भन्ने बारेमा दलहरुले नाम पठाउन सकेका छैनन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.