|

काठमाडौं : नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताएका छन्।

बुधबार भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताए। 

सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताउँदै उनले  राज्यले , निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिनसक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे। उनले देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने नभइ समन्वयकारी भुमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको बताए। 

‘नेपाललाई धेरै मानिसले श्रीलंका बन्छ भन्दै गरेको भनेको आयात बढेर जाने, रेमिट्यान्स गत जेठको भन्दा ८ सय अर्बले आउँदा पनि २ सय रूपैयाँ शोधनान्तर घाटा हुने भनेको, नेपाल भित्रिने भन्दा बाहिरिने पैसा बढी हुनु भनेको राम्रो होइन,’ उनले भने, ‘नेपालको अर्थतन्त्र लड्खडाउँदै उभिन सक्ने की नसक्ने, कुनैपनि समय धराशायी हुने भन्ने दोधारमा छ। नेपाली उत्पादनको प्रयोग गर्न अनुरोध गर्दै प्रधानमन्त्री प्रचण्डलाई पनि भन्छु की सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रबाट भएको उत्पादन, आन्तरिक उत्पादन पनि उभिनसक्ने बनाउनु पर्छ। देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरूले बनाउने होइन, तर समन्वय गर्ने काम प्रधानमन्त्रीले हो, त्यसैले देश बनाउन सबै मानिसको संलग्नता हुनुपर्छ।’

महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्द अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर बाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताए। उनले देश निराशाले नबन्ने भन्दै  केही फूलहरूको खोजि गर्न आवश्यक रहेको बताए। महामन्त्री शर्माले जुत्ता उद्योगलाई वृहत्तर उद्योगको रूपमा बिस्तार गर्न आवश्यक रहेको पनि बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.