काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरू भएको छ। मन्त्री नाम टुंगो लगाउन कार्यसम्पादन समिति बैठक सुरू भएको हो।
पार्टी कार्यालय सानेपामा जारी बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाउनेछ। कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ।
गठबन्धनमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।