|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको बताएका छन्। 

भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आज साँझ सम्म मन्त्रिमण्डल विस्तारको तयारी रहेको बताए। 

‘सकेसम्म आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ। आज सकिएन भने भोलि बिहान होला। काम हाम्रो सकिएको छ। एकदुईवटा मन्त्रालय मिलाउन बाँकी छ। अरु टुंगिएको छ,’ उनले भने। 

नेपालको राजनीतिक स्थायित्व र विकासलाई नयाँ गति दिन आफू प्रधानमन्त्री भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.