|

काठमाडौं : नेपाली कांग्रेसले चितवन–२ मा प्रतिनिधि सभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

श्रेष्ठ चितवनका पूर्वजिल्ला सभापतिसमेत हुन्। पार्टीले उम्मेदवार बनाएपछि श्रेष्ठले आफू गठबन्धनको साझा उम्मेदवार बन्ने बताएका छन्। उनले गत निर्वाचनमा चितवनका जनता झुक्किएको बताउँदै अब सचेत भएको बताएका छन्। 

 यस्तै तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।   तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि त्यहाँ खाली रहेको छ। यसैगरी चितवन २ मा रास्वपाका सभापति रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो।

बारा २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने कांग्रेसले निर्णय गरेको छ।  बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.