|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरुले देशमा स्थिरता नहुने बताएका छन्।

बिहीबार राम नवमीको अवसरमा काठमाडौंको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु बढेको बताएका हुन्।

उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्थिरताको कल्पना गर्नसक्ने अवस्था नरहेको स्पष्ट पारे। उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएको बताए।

अध्यक्ष लिङ्देनले देशलाई स्थिरता दिन सबै एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले सरकार सांस्कृतिक सम्पदाहरुको संरक्षणमा गर्ने जिम्मेवारीबाट भाग्न खोजेको भन्दै सरकारले आफ्नो दायित्वबाट पन्छिने कुरा सह्य नहुने चेतावनी दिए।

उनले भने, ‘हामी सरकारमा हुनु वा नहुनु तपशिलको कुरा हो। तर देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी छ। तर अहिले जुन प्रकारको प्रवृत्ति विकसित भइरहेको छ, व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरु झनै तीव्र रूपले बढिरहेका छन्। त्यसले तत्काल स्थिरताको कल्पना गर्न सकिँदैन। देश अझै अस्थिरताको बाटोतर्फ जाने संकेत देखिएका छन्। सबै एकजुट भएर हामीले शान्ति, स्थिरता र विकासलाई मुल मुद्दा बनाएर अघि बढ्नुपर्छ। विगतमा सरकारले रामनवमीमा दिइरहेको बिदा कटौती गरेको थियो। हामी सरकारमा थोरै समय रहेपनि आगामी वर्षबाट सार्वजनिक बिदा दिने निर्णय गरेको छ। २०८० को सार्वजनिक बिदामा रामनवमी पनि परेको छ। केही वर्षदेखि सरकार धार्मिक संस्थानको संरक्षणमा भन्दा जिम्मेवारीबाट भाग्न खोजेको छ यो सह्य छैन। उच्च प्राथकिताका साथ सरकारले यसको जिममेवारी लिनुपर्छ।’

अध्यक्ष लिङदेनले आफू सरकारमा रहँदा वि.सं.२०८० सालबाट रामनवमीका दिनमा सार्वजनिक बिदा दिने निर्णय गराएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.