|

काठमाडौं : नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ। 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए। 

‘नामको विषयमा यहाँबाट टुंगो लगाइरहनु पर्दैन। तर, क्राइटएरियालाई मध्यनजर राखेर सभापतिज्यूले सबैसँग छलफल गर्नुभएको छ। यसैलाई मध्यनजर राखेर नै निर्णय हुन्छ,’ उनले भने।  

योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलनलाई मध्यनजर गरेर मन्त्री छान्ने उनले बताए। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री बन्दै छन्। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसले ८ जना मन्त्री पठाउने तयारी गरेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.