|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले केही गर्न नसक्ने बताएका छन्। 

बिहीबार रिपोर्टर्स क्लब नेपालको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले गन्तव्य नै नभएकाले सरकारले कुनै काम गर्न नसक्ने दाबी गरे। 

‘कृत्रिम  खालका विभिन्न पार्टपुर्जा जोडेर अप्राकृतिक तरिकाले सरकार बनेको छ। १० दलभित्र विचार नीति, कार्यक्रम, सिद्धान्त, गन्तव्य केही पनि मिल्दैन’, ओलीले भने, सरकारको एउटा गन्तव्य हुनुपर्छ, त्यो केही छैन। अवसरको खोजीमा हाडछाला मात्रै बाँकी भएको देशबाट सिरिन्ज हालेर लामखुट्टेले जसरी चुस्न खोजिएको छ।’

देशमा अस्थिरता कायम रहेको भन्दै ओलीले पुस १० मा बनेको सरकार फेरिए पनि नेतृत्व उही रहेको  उल्लेख गरे। 

‘मन्त्रीहरू बद्लिए, समीकरण बद्लियो, नीति, विचार, गन्तव्य सबै कुरा परिवर्तन भए तर नेतृत्व गर्ने व्यक्ति उही छ। उनले भने, ‘कति पिउने मानिस  आए मधुशाला उही छ भनेजस्तै छ यो सरकार । 

उनले समीकरण फेरबदललाई लिएर कोर्ष करेक्सन भनिए पनि यो डिस्ट्रक्सन (विनाश) भएको टिप्पणी गरे। 

‘अहिले भन्ने गरिएको छ समीकरण फेरबदलका विषयमा यो कोर्ष करेक्सन होइन कोर्ष डिस्ट्रक्सन हो, यसबाट कुनै क्रियशन हुनेवाला छैन’, ओलीले भने यदि समृद्ध नेपाल  र सुखी नेपाली बनाउने हो भने अहिलेको कोर्ष करेक्सन हुन जरुरी छ।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.