|

काठमाडौँ : लागुऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।

बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजन लागेको कोकिनसहित २ भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो।​

एकजनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्कीलाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए। उनका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको खुलासा गरे।

उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत १४ गते ११:१५ बजे इण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट नयाँ दिल्ली जान लागेको सरचिप मेजोरम ठेगाना भएकी ४५ वर्षीया भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोल्दा ४ वटा लेडिज ब्यागमा फ्लसबटम बनाई नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा २.८८७ के.जी. कोकिन सहित पक्राउ गरिएको बताए।

त्यसैगरी विशेष सूचनाको आधारमा चैत १४ गते ५:१५ बजे ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी २९ वर्षीया इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेस भित्र फ्ल्सबटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा ५ केजी कोकिनसहित पक्राउ गरिएको बताए।

अवैध कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.