|

विराटनगर : ६ दशकपछि घरेलु टोली विराटनगर सिटी एफसीले सातौं संस्करणको विराट गोल्डकपको उपाधि जितेको छ। 

सहिद रंगशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा पाहुना टोली भारत केरलाको लुका सकर क्लबलाई ४-० गोलले हराउँदै विराटनगरले उपाधि उचालेको हो।

विसं २०१८ सालको तत्कालीन महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो। विसं २०१९ सालमा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो। 

६१ वर्षपछि घरेलु भूमिमा विराटनगरले पाहुना टोलीलाई निराश बनाउँदै सातौं संस्करणको विराट गोल्डकप उपाधि जित्न ६ दशक कुनुपर्‍यो। विराटनगर सिटीले उपाधिसँगै नगद २० लाख १५ हजार रुपैयाँ हात पारेको छ। उपबिजेता केरलाले १० लाख १५ हजारमा चित्त बुझायो।

जितको लागि विराटनगर सिटीका हफिज ओलावाले, विमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए। खेलको सातौं मिनेटमा विराटनगर सिटीका हफिज ओलावालेले गोल गरी टिमलाई सुरुवाती अग्रता दिलाए। ​बिमम घर्ती मगरले निकालेको लामो पासलाई हफिज ओलावालेले गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए।

७८ औं मिनेटमा बिमल घर्तिमगरले पेनाल्टी एरियाबाट गोल गरी दोब्बर बनाए। सुजिकीले निकालेको क्रस पासलाई बिमलले गोलमा परिणत गरेका थिए। खेलको ८९ औं मिनेटमा मेसुकेले गोल गरी तेब्बरको अग्रता बनाए। इन्जुरी समयमा विराटनगर सिटीका अभिषेक गुरुङले गोल गरी टिमको जित सुनिश्चत गरेका थिए।

खेलको २१ औं मिनेटमा विराटनगरका मेसुकेले पेनाल्टी एरियाबाट गरेको प्रहार बाहिरिँदा थप गोल गर्ने अवसर खेर फाले। पहिलो हाफमा केरला एक गोलले पछि परेपछि दबाबमा परेको थियो। पहिलो हाफमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाल्दा केरलाको बराबरीमा ल्याउने अवसर खेर गयो। 

४२ औं मिनेटमा मेसुकेले वान भर्सेस वानको प्रहार गोल गर्नबाट चुके। उनले गरेको प्रहार पोस्टमाथिबाट बल बाहिरियो। ४३ औ मिनेटमा केरलाका पलकोले पेनाल्टी एरियाबाट गरेको प्रहार गोल हुनबाट चुक्यो। उनले गरेको कडा प्रहार बाहिरिदा गोल गर्ने अवसर खेर गयो।

खेलको ७४ औं मिनेटमा विराटनगरले पनाल्टी पाएको थियो। केरलाको टिमको डिबक्सभित्र हेन्ड भएपछि विराटनगरले पेनाल्टी पाएको थियो। पेनाल्टी सुटआउटमा स्टेफेनले गरेको प्रहार केरेलाको गोलकिपर सनफिरले उत्कृष्ट बचाउ गरे। ​त्यसलगतै स्टेफेनले डिबक्स भित्रबाट गरेको प्रहार पोस्ट बाहिर गएको थियो।

भारतका ७७ औं मिनेटमा पलको वान भर्सेस वानको प्रहार बाहिरिँदा गोल गर्ने अवसर खेर गयो। त्यसलगतै पलको डिबक्सभित्रबाट गरेको प्रहार विराटनगरका गोलकिपर प्रदिप भण्डारीले बिफल पारिदिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.