|
प्रतीकात्मक तस्विर

कर्णाली : जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र छ हजार रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार अभियुक्त जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले कामीलाई घाटगाउँबाट नियन्त्रण लिई जिप्रका सुर्खेतको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।
 
त्यसैगरी जबर्जस्ती करणी मुद्दामा दुई वर्ष तीन महिना कैद र २५ हजार नगद सजाय भई फरार रहेका प्रतिवादी छोटु भन्ने समिर अहमद कबडियालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय गरेर फरार प्रतिवादीलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात कबडियालाई जाजरकोट जिल्ला अदालतमा पेश गरी कारागार चलान गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.