|

खोटाङ : खोटाङ उद्योग वाणिज्य स‌ंघको ११औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन्।

नेकपा एकीकृत समाजवादी निकट व्यवसायी आचार्यले तीन ठूला दलको गठबन्धनलाई पराजित गरेका हुन्। संघको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलेगठबन्धन गरेका थिए। 

प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरी आचार्य अध्यक्षमा विजयी भएका हुन्। बिहीबार भएको निर्वाचनमा आचार्यले ३३४ प्राप्त गरे। 

निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल ६७१ मतदाता रहेकामा ४८० मत खसेको थियो। महासचिवमा अजय बस्नेत विजयी भए। उनले सुमन श्रेष्ठलाई पराजित गरे। कोषाध्यक्षमा युधीर शाक्य विजयी भए। उनले नेत्रबहादुर कटवाललाई हराएका हुन्। 

सघको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टंकप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए। 

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.