|

किसमिस जति स्वादिष्ट हुन्छ, स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त छ। तर धेरैलाई थाहा नहुन सक्छ किसिमिस मात्रै नभएर भिजाएर यसको पानी पनि स्वास्थ्यका लागि उपयोगी मानिन्छ भनेर।

किसमिस भिजाएको पानी नियमित पिउँदा रोग प्रतिरोधात्मक क्षमता बढ्छ। यस्तै विभिन्न प्रकारका भाइरल संक्रमणको जोखिम कम गर्न सहयोग गर्छ। किसमिसको पानीले ‘भाइरल इन्फेक्सन’बाट बचाउँछ, जसका कारण बिरामी हुने सम्भावना निकै कम हुन्छ।

नियमितरूपमा किसमिसको पानी पिउँदा शरीरबाट विषाक्त तत्त्व बाहिर निस्किन्छ। यसले कलेजोलाई स्वस्थ राख्न पनि मद्दत गर्छ।

किसमिस पानी कसरी तयार गर्ने?

किसमिसको पानी तयार गर्न एउटा प्यानमा एक गिलास पानी उमाल्नुहोस्। अब यसमा किसमिस मिसाएर रातभर भिजाउन छाड्नुहोस्। बिहान उठेपछि यसलाई छानेर खाली पेटमा पिउनुहोस्।

एजेन्सी

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.