|

काठमाडौं : आम जनता पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको बताएको छ। आजपाका प्रवक्ता चन्द्र भुषण साहले प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री नबनाएर धोका दिएको आरोप लगाएका छन्। 

‘गठबन्धनको बैठकमा स्वयं सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्रालय बाँडफाँडको सन्दर्भमा आम जनता पार्टीको लागी भाग छुट्याउने प्रस्ताव गर्नू, निर्णय गर्नू र बाहिर प्रचार पनि गर्नू तर सरकार पुर्नगठन गर्दा भने आम जनता पार्टीलाई सहभागी नगराउनु हामी प्रतिको अपमानजनक धोखा हो,’ उनले भनेका छन्। 

प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री बनाउने बचन दिएका थिए। तर, अन्तिम समयमा शाहलाई छुटाएपछि आजपा असन्तुष्ट बनेको हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.