|

काठमाडौं : नवनियुक्त उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सबैलाई सम्मान र विश्वास गर्ने परिस्थिति निर्माण गरेर सरकार सफल बनाउने प्रतिबद्धता जनाएका छन्। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्रालयको कार्यभार सम्हाल्दै सिंहदरबारमा उनले यस्तो बताएका हुन्। मन्त्री खड्काले रक्षा मन्त्रालय एकदमै महत्त्वपूर्ण मन्त्रालय भएकाले सबै सम्बन्धित पक्षहरूसँगको छलफलबाट आफू अघि बढ्ने बताए।

उनले सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर सरकार सञ्चालन गर्ने बताए। 

‘यो मन्त्रालय महत्त्वपूर्ण छ। यसलाई बुझेर मैले आफ्ना काम प्रधानमन्त्रीको निर्देशनमा रक्षा मन्त्रालयका अधिकारीहरू, प्रधानसेनापति लगायत सम्पूर्ण सम्बन्धित व्यक्तिसँग छलफल गर्नेछौँ। हामी सामूहिकताको भाव र सबैले सबैलाई सम्मान गर्ने, विश्वास गर्न परिस्थिति निर्माण गरेर जानेछौँ’‚ उनले भने, ‘हामीले न्यूनतम साझा कार्यक्रमको तयारी गर्दै छौँ। मस्यौदा तयार भएको छ। सरकार विस्तार गर्ने काम लगभग सम्पन्न भएको छ। केही दिनभित्रै न्यूनतम साझा कार्यक्रममार्फत ल्याउनेछौँ। सरकारको न्यूनतम साझा कार्यक्रम केही दिनभित्रमै सार्वजनिक गर्छौं। त्यसबाट नै सरकारका प्राथमिकता, सरकारका महत्त्वपूर्ण नीतिगत सुधारका विषय लगायत समग्र विषयमा हामी केन्द्रित हुनेछौँ।’

मन्त्री खड्काले अबको केही दिनभित्र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याई देशको सम्पूर्ण परिस्थितिमा केन्द्रित हुने बताए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.