|

दोलखा : सदरमुकाम चरिकोटमा निजी लगानीमा सञ्चालित च्छो-रोल्पा जनरल अस्पतालले ट्रमा युनिट सञ्चालनमा ल्याएको छ। शनिवार बागमती प्रदेशसभाका सदस्य भरतबहादुर केसीले युनिटको उद्घाटन गरे।

जिल्ला अस्पतालहरूमा पहिलोपटक शुरु गरिएको ट्रमा युनिटबाट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर सुरेश थापा सहितको टोलीले सेवा प्रवाह गर्ने अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विनोद दंगालले जानकारी दिए।

च्छो-रोल्पा अस्पतालमा सञ्चालन गरिएको ट्रमा युनिटबाट हाड जोर्नी सम्बन्धी सामान्य तथा जटिल प्रकृतिका शल्यक्रिया हाडमा राखिएको पाता वा तार निकाल्ने सुविधा जोर्नीमा सुई लगाउने, भाँचिएको ठाउँमा प्लाष्टर लगाउने, तन्तु वा नसा मर्मत गर्ने गाडी दुर्घटना, प्रकृति प्रकोप वा घरेलु हिंसाबाट प्रभावित भई लागेको चोटपटकको उपचार लगायत सम्पूर्ण समस्याको सहज तरिकाले उपचार गरिने डाक्टर दंगालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.