|

सुर्खेत : डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जभन्दा बाहिरका ३ वटा गाउँपालिकामा हिम चितुवाको सर्वेक्षण गर्न लागिएको छ। ३ हजार ५५५ वर्ग किलोमिटर लम्बाइ निकुञ्जको रहेको छ। काइके गाउँपालिका, डोल्पोबुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिकामा हिम चितुवा सर्वेक्षण गरिनेछ।

डब्लुडब्लुएफको करिब ४४ लाख आर्थिक तथा प्राविधिक सहयोगमा हिम चितुवाको थप तथ्यांक निकाल्न लागिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कोर क्षेत्रभन्दा बाहिर पनि हिउँ चितुवाको सर्वेक्षण गरेमा यहाँ हिउँ चितुवाको अवस्था थप आउनेछ।

निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन क्षेत्र पर्ने भएकाले डिभिजन वन कार्यालयसँग सहकार्य गरेर डब्लुडब्लुएफ नेपालले यो काम गर्नेछ। यो सर्वेक्षणपछि पश्चिम भूपरिधिको हिउँ चितुवा र पारिस्थितिकीय व्यवस्थापनमा सहयोग पुग्नेछ। सर्वेक्षणले जिल्ला र स्थानीय निकायाको पहिचान हुनुका साथै अन्तरराष्ट्रिय स्तरमा नेपालको फरक पहिचान हुने दाबी छ।

विश्वमा हिउँ चितुवा पाइने राष्ट्रमा नेपाल चौथो स्थानमा पर्छ भने शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज विश्वकै अग्लो स्थानमा हिउँ चितुवा पाउने निकुञ्जमा पर्छ। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र २०२३ को तथ्याङ्कअनुसार ९० वटा हिउँ चितुवा छन्।

त्यस्तै १०० वर्ग मिटरमा २ हिउँ चितुवा पाउने तथ्यांक रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लालबहादुर भण्डारीले जानकारी दिए। अब नयाँ सर्वेक्षणमा कुल १८८ वटा स्वचालित क्यामेरा राखेर सर्वेक्षण गरेपछि अन्तिममा सफ्टवयरमार्फत तथ्यांक संकलन गरिनेछ।

जिल्लाका तीन गाउँपालिकामा १० वटा समुह विभाजन गरी एक समूहमा १० जनाका दरले ३० जनाले ६० दिनसम्म फिल्डमा काम गर्नेछन। १५ दिन क्यामेरा उठाउन लाग्नेछ भने ४५ दिन क्यामेरा राखेर हिउँचितुवाको तथ्यांक संकलन गरिने डिभिजन वन कार्यालय डोल्पाले जानकारी दिएको छ।

काइकेबाट ६ जना, डोल्पोबुद्धबाट ६ जना र छार्काताङसोङबाट १८ जना गरी ३० जना स्थानीय डब्लुडब्लुएफ नेपालका दुईजना अनुसन्धानकर्ता र निकुञ्जबाट २ जना नागरिक वैज्ञानिकले ६० दिन लगाएर हिउँ चितुवाको सर्वेक्षण गरी तथ्याङ्क निकाल्नेछन्।

कार्यक्रम सञ्चालक कार्यालयले स्थानीय सरकारलाइ क्यामेरा नागरिकलाई जोगाइदिन सहयोग गरिदिन अनुरोध गरेको छ। हिउँ चितुवा सर्वेक्षण गर्ने टोलीले जेठ ५ गतेदेखि असार २५ गतेसम्म काम गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.