|

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिकाले घरभेट कार्यक्रम सुरु गरेको छ।

नगरभित्र रहेका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सहजताको लागि जेठभरि स्वास्थ्यकर्मीहरूलाई ज्येष्ठ नागरिकको घरमा पठाउने नगर प्रमुख अजय थापाले बताए।

हिँडडुल गर्न नसक्ने तथा अशक्त भएका ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श दिइने थापाले बताए। सोमबार अभियान सुरु गर्दै थापाले यो अभियानले नगरवासीहरूलाई सहजतापूर्वक स्वास्थ्य सेवा प्रभावकारी हुने बताए।

वडा अध्यक्ष खिमविक्रम केसीले सोनपुरबाट सुरु भएको अभियान वडाका सबै गाउँमा पुग्ने बताए। शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले ज्येष्ठ नागरिकको घरमै गई रक्तचाप ( ब्लडप्रेसर नाप), सुगर जाँचलगायत अन्य शारीरिक जाँच गरिएको बताए। 

ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्ने समस्या पहिचान गरी उपचार सेवा सल्लाह दिने घर भेट अभियान प्रभावकारी हुने बताइएको छ।

अति अशक्त स्वास्थ्य अवस्था भएका ज्येष्ठ नागरिकलाई थप स्वास्थ्य जाँच आवश्यकता महसुस भएमा निःशुल्क एम्बुलेन्सको सहायतामा नगर आधारभूत अस्पताल चन्द्रौटामा स्वास्थ्य जाँचका लागि लैजाने कार्यक्रम रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.