हरेक वर्ष बढ्दै छ यौनहिंसा

|

विराटनगर :  गत वैशाख २९ गते मोरङकी एक बालिका आफ्नै बुवाबाट बलात्कृत भइन्। घरमा कोही नभएको अवस्थामा बुवाले उनीमाथि जबरजस्ती करणी गरे।

११ वर्षिया (नाम, ठेगाना नखुलाउने सर्तमा) बालिकामाथि बलात्कार गरेर फरार रहेको उनलाई प्रहरीले जेठ ४ गते नियन्त्रणमा लिइयो। अहिले उनलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको क्रममा छन्।

यस्तै, ०७९ श्रावण १० गते विराटनगरमा १९ वर्षीया एक युवती आफ्नै प्रशिक्षकबाट जबरजस्ती करणीमा परिन्।  ती युवतीलाई होटलमा लगेर जबरजस्ती करणी गरेको र भिडियो बनाएर थप दुःख दिएको भन्दै उनीहरूविरुद्ध युवतीले प्रहरीमा जाहेरी दिइएको थियो।

पीडितको जाहेरीअनुसार मोरङ जिल्ला खेलकुद विकास समितिका कराँते प्रशिक्षक कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी पक्राउ परेका थिए।

मोरङको लेटाङ ५ स्थित शिक्षा विकास माविकी १४ वर्षीया छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक ६५ वर्षीय मनोज पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

माथि उल्लिखित घटना र समावेश पात्र प्रतिनिधि मात्रै हुन्। पछिल्लो समय हाडनाता साथै आफूले भरोसा गरिएको आफ्न्तबाट यौन हिंसामा पर्नेको संख्या बढ्दो देखिन्छ।  त्यसो त परिवारभित्रै घटेका घटना बाहिरिनु आफैँमा चुनौती छँदै छ त्यसमा पनि बालबालिकासँग जोडिएका घटना संवेदनशील हुने हुँदा यस्ता घटना कुनै उजार हुने गर्छन् भने कुनै भित्रै दबिने गरेको पनि पाइएको छ।

आफ्न्तबाट हिंसामा परेका छन् बालबालिका

मोरङमा  तीन वर्षको तथ्यांकको आधारमा  ठूलो संख्यामा पीडक चिनेजानेको सम्बन्धमा भएको मान्छेबाट नै यौनजन्य अपराध हुने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त डिएसपी रन्जनकुरमार दाहालले जानकारी दिए।

उनका अनुसार धेरै जस्तो यौन हिंसा साथी, प्रेमी, छिमेकी र घरभित्रको चिनिएको मान्छेबाट धेरै जस्तो अपराध भएको देखिन्छ। यता, नचिनेको मान्छेबाट पनि अपराध भए पनि त्यति ठूलो संख्यामा नरहेको उनले बताए।

मोरङ जिल्लामा घटेका यौनजन्य अपराधहरू विगत तीनवर्ष देखि तथ्यांक विश्लेषण गर्दा जबरजस्ती करणी, बालयौन दुरुपयोग र अपहरणपश्चात् हुने जबरजस्ती करणी जस्ता अधिकांश घटनामा  १८ वर्षभन्दा मुनिका बालकालिका रहेको उनले जानकारी दिए।

‘हामीले डाटा हेर्दा ७६-७७ सालमा ६६ प्रतिशत, ७७-७८ सालमा ७० प्रतिशत र ७८-७९ सालमा ६७ प्रतिशत १८ वर्षभन्दा तलका बालबालिका यौन हिंसामा परेको पाइन्छ’, उनले भने,‘यसको ठीक उल्टो पीडकलाई विश्लेषण गर्दा अधिकांश पीडकहरू २५ देखि ५० वर्ष उमेर समूहका वयस्क मान्छे भएको पाइन्छ।’

अधिकांश विवाह भइसकेका, र वयस्क उमेरका मान्छेले बालबालिकालाई लक्षित गर्ने गरेको बताउँदै उनले  ७० प्रतिशतभन्दा बढी पीडक २५ देखि ५० वर्षको देखिएको बताए। 

यीबाहेक पैराफिलिया भन्ने ग्रुपको रोग हुन्छ यसले स्वाभाविक भन्दा फरक खालको यौनजन्य क्रियाकलापमा समावेश हुने मानिस एक खालको पीडोफिलिया (पीडो भनेको बच्चा, फिलिया भनेको आकर्षण) कुनै पनि बच्चालाई छोएर अथवा ऊसँग यौनजन्य क्रियाकलापमा संलग्न भएर आफ्नो यौन इच्छा पूरा गर्ने खालको रोग हो’, उनले भने,‘त्यसो त ऊसँग यौनजन्य क्रियाकलापमा सहभागी हुनुपर्छ भन्ने हुँदैन तर देखेर, छोएर इच्छा आउने एक खालको रोग हुन्छ।’

यसको रोकथाम गर्न हस्तक्षेप गर्ने क्षेत्र घरभित्र स्कुल, साथीभाइहरू रहेको बताउँदै उनले रोकथामका लागि समुदायमा जानैपर्ने प्रतिक्रिया मात्रै नरोकिने भएकाले सम्भावित पीडकहरूलाई घटनासम्बन्धी कस्ताकस्ता कुरा गर्नु हुँदैन भनेर जानकारी दिनुसमेत आवश्यकता रहेको उनले बताए।

‘घटना घटिसकेपछि कानुनी दायरामा ल्याउने कुरा त छँदै छ, मेसेज दिने कुरामा भोलि म फस्न सक्छु भन्ने सम्भावित पीडकहरूलाई सँगै पीडितलाई पनि के गर्नुहुन्छ र कस्ताकस्ता कुरा गर्नु हुँदैन भन्ने कुराको जानकारी दिनु पनि त्यतिकै आवश्यक छ’ उनले भने,‘सुरक्षाका प्रत्याभूति महसुस गराउने र सचेत गराउने कुरा विद्यालयबाट नै सुरु गर्नुपर्छ।’

समुदाय प्रहरी साझेदारी कार्यक्रमबाट गरिएका सचेतनामूलक कार्यक्रमले पनि उत्तिकै प्रभावकारी भएको बताउँदै उनले थप प्रभावकारी बनाउन विद्यालय, टोल गाउँ समाजबाट पनि आ–आफ्नो स्तरबाट साझेलारी काम गर्नुपर्नेमा उनले जोड दिए।

यसलाई सक्रियताका साथ अगाडि बढाउन मासिक बैठक राख्ने बताउँदै उनले भने,‘ यसको अवधारणा के भने आफ्नो गाँउमा स्कुलमा भएको समस्या प्रहरीलाई भन्दा पनि त्यही गाँउको स्कुलको मान्छेलाई थाहा हुन्छ उहाँहरू नै संलग्न भएर त्यसको सुरक्षाको चुनौतीको विषय पहिचान गर्ने त्यो समाधानका लागि साधन स्रोत जुटाउने र  संयुक्त रूपमा प्रयास गर्ने भन्ने अवधारणा हो।’

बालबालिसँग जोडिएको अपराध अनुसन्धानका घटना निकै चुनौतीपूर्ण रहेको बताउँदै उनले घरभित्र घटेको घटना पीडित छोरी र पीडक बुवा भए बुवाको विरुद्धमा छोरीले आएर कानुनी कठघरामा उभ्याउन चुनौतीपूर्ण रहेको बताए।

‘पीडितले ठूलो साहस गर्छ एक त यहाँसम्म आउन निकै कठिन पर्छ आइसके पनि बयानमा अडिन त्यति नै धेरै चुनौती छ’, उनले भने,‘यो खालको अनुसन्धानलाई एकदम संवेदनशील अनुसन्धान गर्नुपर्छ भनेर नेपाल प्रहरीले तालिम कार्यक्रम सञ्चालन गरिरहेको छ।’

यस्ता घटनामा लैंगिक संवेदनशीलता हुने बताउँदै उनले विराटनगरमा विभिन्न संघसंस्थासँग सहकार्य गरेर पीडितलाई काउन्सिलिङ गर्ने गरेको उनले जानकारी दिए। उनले भने, ‘एबिसी नेपाल, ओरेक नेपालबाट पनि उहाँहरूको काउन्सिलरहरूलाई बोलाएर सेवा लिइरहेका छौँ।’

सुरक्षित भनेकैबाट खतरा

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका समाजशास्त्र विभाग प्रमुख डा. चन्द्र उपाध्यायले जोसँग आफू रहँदा महिलाले सुरक्षित महसुस गर्छन्, उनीहरूबाट यौन हिंसाको सिकारमा पर्नु सामाजिक विचलन विकृतिको एउटा चरम अवस्था रहेको बताए।

उनका अनुसार यसको कारण यौन शिक्षा, पितृसत्ता हाबी हुन साथै कुनै पनि अवस्थाले कमजोर छ भने त्यसको फाइदा लिन खोज्नु, त्योसँगै मनोवैज्ञानिक, सामाजिक कारण मानसिक समस्या पनि हो।

यौन चाहना कसरी पूरा हुन्छ भन्ने कुराको चेतनशील ज्ञान नभएको र अवसर छ भन्दैमा महिलाविरुद्ध जाइलाग्ने प्रवृत्ति मानसिक विचलन रहेको कारण पनि समाजमा यस्ता घटना बढ्दै गएको उनको भनाइ छ।

‘कतिपय संचारको प्रभाव, समाजले यौन व्यवस्थापनका लागि कतिपय नियमहरू बनाएको छ, यौनलाई एउटा मानवीय आवश्यकता मान्ने हो भने त्यसको व्यवस्थापन बनाएको छ’, उनले भने,
‘त्यसको नियम पालना गर्नुपर्छ त्यो सँगसँगै कतिपय कुरा समयसापेक्ष समाजमा दिनुपर्ने शिक्षा चेतनाको स्वरूप पनि परिवर्तन गर्नुपर्छ।’

यौन भनेको लाज लाग्ने कुरा हो, यौनको सम्बन्धित कुरा लुकाउनुपर्छ यौन चाहनालाई दबाउनुपर्छ भन्ने खालका शिक्षा पनि त्रुटिपूर्ण रहेको उनको तर्क छ।

‘यौन आवश्यक हो, यौन चाहना जैविक चाहना हो, उमेरसँगै त्यसको सम्बोधन हुनुपर्छ त्यससम्बन्धी दिनुपर्ने सामाजिक, मानोवैज्ञानिक शिक्षा जुन छ त्यसको स्वरूप पनि परिवर्तन गर्नुपर्छ’, उनले भने,‘दबाउन खोज्दा अपराध भइरहेका छन्, पुरुषले मात्रै गल्ती गरेको छ भन्ने होइन चाहना दुवैलाई हुन्छ दुवैले नचाहँदा नचाहँदै पनि हाडनाताभित्र शारीरिक सम्बन्ध भएर सामाजिक विपत्तिहरू आएका छन्।’

यसले पारिवारिक विघटनका कुराहरू भइरहेको र यसले पारिवारिक, सामाजिक तह, मानसिक तहमा ठूलो असर परेको उनले बताए।

यौन मानवीय आवश्यकता हो भन्ने बुझ्न जरुरी रहेको बताउँदै उनले यौनका विषयमा बनाइएका नियम सामाजिक रूपमा स्वीकृति प्राप्त उपाय र त्यसका बारेमा शिक्षा हुनुपर्ने उनले बताए।

अपराधमा किन संलग्न हुन्छन्?

विराटनगरस्थित कोशी अस्पतालका मनोचिकित्सक डा. प्रभात चालिसेका अनुसार सबै खालको यौन हिंसा गर्ने मान्छे रोगले नै गर्दा हुँदैन, कुनै खालको एन्टिसोसियल पर्सनालिटी डिसअर्डर अर्थात् यस्ता रोग लागेको मान्छे विभिन्न खालको आपराधिक क्रियाकलापहरूमा भेटिन्छन्।

यसमा यौनजन्य हिंसा मात्रै नभए चोरी, डकैती, ज्यानमार्ने उद्योग जस्ता घटनामा धेरै पाइएको अध्ययनमा देखाएको उनले बताए।

‘यीबाहेक पैराफिलिया भन्ने ग्रुपको रोग हुन्छ यसले स्वाभाविक भन्दा फरक खालको यौनजन्य क्रियाकलापमा समावेश हुने मानिस एक खालको पीडोफिलिया (पीडो भनेको बच्चा, फिलिया भनेको आकर्षण) कुनै पनि बच्चालाई छोएर अथवा ऊसँग यौनजन्य क्रियाकलापमा संलग्न भएर आफ्नो यौन इच्छा पूरा गर्ने खालको रोग हो’, उनले भने,‘त्यसो त ऊसँग यौनजन्य क्रियाकलापमा सहभागी हुनुपर्छ भन्ने हुँदैन तर देखेर, छोएर इच्छा आउने एक खालको रोग हुन्छ।’

यो अधिकांश पुरुषमा हुने र महिलामा पनि हुने गरेको तर महिलालाई कम हुने बताउँदै उनले  यो रोग लागेको मान्छे बालबालिकाप्रति यौनजन्य हिंसामा सहभागी हुने गरेको पाइएको बताए।

 यो रोग लाग्दैमा हिंसा नै गर्छ भन्ने नहुने र यो रोग लागेका मध्ये ५० प्रतिशत मान्छे हिंसामा संलग्न भएको अध्ययनले देखाएको उनको भनाइ छ। यो उपचार हुने खालको रोग  रहेको बताए।

 बौद्धिक क्षमता कम भएको, मादक पदार्थ सेवन गर्ने मानिस, एडिक्सनमा फसेकाहरूबाट यौन हिंसामा परेको देखिएको उनले बताए। उनका अनुसार बाल्यावस्थामा आफूले हिंसा सहेकाले पनि आफैँ हिंसा गर्ने प्रवृत्ति विकास हुने अध्ययनले देखाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.