|

काठमाडौँ : सर्वाधिक आठपटकको लिग च्याम्पियन टोली मनाङ मर्स्याङ्दी फुटबल क्लबसँग बराबरीमा रोकिएसँगै यसै सिजन बढुवा भएको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग अंक दूरी बढाउने मौका गुमाएको छ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा मनाङ र चर्च ब्वाइजले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् भने बराबरीले शीर्ष स्थानको चर्च ब्वाइजले दोस्रो स्थानको मच्छिन्द्रसँग दूरा बढाउने मौका गुमाएको हो। शीर्ष स्थानको मच्छिन्द्रको २० खेलमा ३७ अंक छ। जुन दोस्रो स्थानको साविकको विजेता मच्छिन्द्र क्लबको भन्दा २ अंक बढी हो।

दोस्रो स्थानको मच्छिन्द्रले बुधवार तेस्रो स्थानको जावलाखेल युथ क्लबविरुद्ध गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। पछिल्लो खेलमा चर्च ब्वाइज हिमालयन शेर्पासँग १–१ को बराबरीमा रोकिएको थियो। मनाङ २० खेलमा २४ अंकसहित ११ औं स्थानमा छ। लगातार जितविहीन रहँदै आएको मनाङ रेलिगेशन क्षेत्रमा रहेको फ्रेण्ड्स क्लब र एफसी खुमलटारभन्दा मात्र ३ अंकले अघि छ।

लिगअन्तर्गत बिहीवार एन्फा मुख्यालयमा भएको अर्को खेलमा फ्रेण्ड्सले सातदोबाटो युथ क्लबलाई ४–० गोल अन्तरले हराएको हो। फ्रेण्ड्सको जितमा टोरिक जेब्रिनले दुई गोल गरे। राफिक अमिनु र प्रकाश बुढाथोकी एक/एक गोल गरे। खेलको पहिलो मिनेटमै अमिनुले गोल गर्दै फ्रेण्ड्सलाई शुरुआती अग्रता दिलाएका थिए।

खेलको ५५ औं मिनेटमा कप्तान प्रकाशले गोल गर्दै फ्रेण्ड्सलाई २–० को अग्रता दिलाएका थिए। खेलको ८७ औं मिनेटमा जेब्रिनले गोल गर्दै फ्रेण्ड्सलाई ३–० को अग्रता दिलाउन सफल भए। त्यसपछि खेलको ९० औं मिनेटमा जेब्रिनले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेण्ड्सलाई ४–० को जित निश्चित गरे।

योसँगै फ्रेण्ड्सले जारी लिगमा छैटौं जित निकालेको छ। फ्रेण्ड्सले २१ खेलमा २४ अंक जोडेको छ। फ्रेण्ड्स १२ औं स्थानमा रहेको छ। सातदोबाटोले २१ खेलमा २९ अंक जोडेको छ। सातदोबाटो चौथो स्थानमा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.