|
सांकेतिक तस्विर

कास्की : युथ थिंकर्स सोसाइटी (वाइटिएस) को आयोजना पोखरामा शुक्रबारदेखि संयुक्त राष्ट्रसंघको नमुना महासभा हुने भएको छ। तीन दिनसम्म चल्ने पोखरा एमयुएन (नमुना महासभा) मा १५ जिल्लाका १२० जना सहभागी हुने संस्थाका अध्यक्ष रिजन ढुंगानाले जानकारी दिए।

विश्वले नमूना संयुक्त राष्ट्र सम्मेलन कसरी गर्छ, यसको तयारी कसरी गर्नेलगायत विषयमा छलफल गरिने महासभामा सहभागीले विश्वव्यापी समस्याहरूको सम्भावित समाधान\ प्रस्तुत गर्नेछन्। आर्थिक मन्दी, फर्जी औषधिका कारण बढ्दै गएको खतराहरू र ई–वेस्टको सुरक्षित डिस्पोजल कसरी व्यवस्थापन गर्ने विषयमा महासभा केन्द्रित हुनेछ। सभामा संसदीय प्रक्रिया, नीतिगत छलफल, कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध र संयुक्त राष्ट्रसंघका बारेमा पनि जान्न सकिनेछ।

त्यस्तै, सहभागीले अनुसन्धान, सार्वजनिक भाषण, बहस, लेखन र विशेषगरी आलोचनात्मक विश्लेषण सीपहरूको वृद्धि, कसरी गर्ने लगायतका विभिन्न प्रक्षेपणसमेत प्रस्तुत गर्ने ढुंगानाले जानकारी दिए। मोडल युनाइटेड नेसन्स (एमयूएन) अन्तर्गत संयुक्त राष्ट्रसंघको कार्यवाहीको एक शैक्षिक अनुकरण हो। यसरी नै छनोट हुँदै युवाहरूले संयुक्त राष्ट्रसंघका विभिन्न समितिहरू जस्तै महासभा, सुरक्षा परिषद् आदिमा विभिन्न देशका प्रतिनिधिहरूको भूमिका खेल्न सक्नेछन् ।

नमुना महासभामा अमेरिकी दूतावासबाट एकजना प्रतिनिधिसमेत सहभागी हुनेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.