|

काठमाडौं : कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हावाहुरीको सम्भावना समेत छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। मधेश , गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव कायम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.