|
फाइल तस्विर

काठमाडौं : मलेसियासँग हुने पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले  बिहीबार तीन नयाँ अनुहार समेटेर रुबिना क्षेत्रीको कप्तानीमा १४ जनाको टोली घोषणा गरेको हो। ब्याटर सम्झना खड्का, स्पिनर कृतिका मरासिनी र तीव्र गतिकी बलर ईश्वरी विष्ट पहिलोपटक टोलीमा समावेश भएका हुन्। 

नेपाली महिला क्रिकेट टोलीले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । नेपालले मलेसियामा नै गत वर्षको जुन १७ देखि २५ सम्म एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप खेलेको थियो ।

खेल यही मे २९ देखि जुन ४ सम्म हुने मलेसियामा हुने तय भएको छ। नेपालको प्रशिक्षकमा सामसनजङ थापा छन्।

यी हुन् नेपाली टोलीका सदस्य

रुविना क्षेत्री (कप्तान), सीता राना मगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे र सरस्वती चौधरी। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.