|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंको शंखरापुर नगरपालिकामा पूरै पालिका जित्ने लक्ष्य लिए पनि एउटा वडा जितेको बताएका छन्। 

शनिबार प्रेस सेन्टरले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष वैशाखको स्थानीय तहको निर्वाचनमा आफूले पूरै पालिका जित्ने ठाने पनि एउटा वडा भए पनि जितेको व्यग्यांत्मक टिप्पणी गरेका हुन्। 

‘मैले पहिले  त सोचेको थिएँ– शंखरापुरमा पूरै पालिका हामी (माओवादी केन्द्र)ले जितिन्छ होला भन्ने ठानेको थिएँ। एउटा वडा जे भए पनि जित्नु भएको छ। म उहाँहरूलाई म बधाई भन्न चाहन्छु। शंखरापुरको विकास लागि पत्र प्राप्त भएको छ। त्यसप्रति म गम्भीर छु,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.