|

काठमाडौं : लियोनल मेस्सीको कीर्तिमानी गोलसहित पीएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ।

गएराती सम्पन्न खेलमा स्ट्रासबर्गसँग १-१ गोलको बराबरी खेलेसँगै पिएसजीले यस सिजनको फ्रेन्च लिग वानको उपाधि जितेको हो। मेस्सीको यो गोल सँगै उनी युरोपका शीर्ष लिगमा भन्दै धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले रोनाल्डोलाई पछि पारेका हुन्। मेस्सीले ४९६औँ गोल गरे भने पीएसजीका लागि यो ३२औँ गोल हो। 

 मेस्सीले खेलको ५७औँ मिनेटमा गोल गरेका थिए भने स्ट्रासबर्गका लागि केभिन गामेरियोले ५८औँ मिनेटमा बराबरी गोल गरेका थिए। यो जितपछि पीएसजीको ३७ खेलमा ८५ अंक भएको छ र एक खेल अघि नै लिगको उपाधि जितेको छ। दोस्रो स्थानको लेन्सको ८१ अंक छ। ​

पीएसजीले योसहित ११औं पटक लिग वनको उपाधि जितेको छ। पीएसजी यो लगातार नवौं उपाधि हो भने  सबैभन्दा बढी पटक लिग वानको उपाधि जित्ने क्लब बनेको छ।

यस अघि पिएसजी र सेन्ट एटीएन्नेले १०र१० पटक उपाधि जितेका थिए। त्यस्तै मार्सेलीले ९ पटक, मानाको र नान्तेजले ८/८ पटक लिग वानको उपाधि जितेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.