|

विराटनगर  :  कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले  दमनले कहिल्यै आन्दोलन दबाउन नसक्ने  बताएका छन्।​ आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संशोधन गर्नुपर्ने बताएका हुन्।

दमनले कहिल्यै पनि आन्दोलन नदबाउने र झन द्वन्द्व बढाउने  बताउँदै  उनले भने,'सबैको विजय हुने गरी प्रदेशको नाम संशोधन गरौँ।’ प्रदेशसभा  बैठकमा आन्दोलनरत पक्षको माग सम्बोधनका लागि आवाज उठाउनेसमेत  उनले  बताए।

आज प्रदेशसभाको बजेट अधिवेशन सुरु हुँदै छ। पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीय आन्दोलन घाेषणा गरेको छ। आन्दोलनका लागि आएका पहिचान पक्षधरका कार्यकर्तालाई प्रहरीले धरपकड गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रहरी नायव उपरीक्षक रञ्जन दाहालका अनुसार ३० जनाभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.