|

विराटनगर : कोशी प्रदेशा सांसदहरूले आन्दोलनमा रहेका पहिचान पक्षधरलाई वार्तामा बोलाउन माग राखेका छन्। कोशी प्रदेशको आज बसेको प्रदेशसभा बैठकको शून्य समयलाई सम्बोधन गर्दै उनीहरुले यस्तो माग राखेका हुन्।

नेकपा एकीकृत समाजवादीका सांसद कमल प्रसाद जबेगुले बहुमतको आधारमा  नामकरण पास भए पनि बहुमतको आड्मा अल्पमतको कदर बिर्सिएको बताएका छन्।

उनले अगाडि बढ्दा बढ्दै मानिसले बोल्ने अधिकार नपाउने पहिचान पक्षधरलाई अपराधी जस्तो ठान्ने र  जेलमा भए जस्तो हुनुपर्ने बताउदै प्रदेशलाई शान्त बनाउन चाँडै वार्तामा बोलाउनुपर्ने जोड दिए।

'यो गम्भीर भएर सोच्नुपर्ने हुन्छ, कतै महाभारतको लडाइँ जस्तो सृजना गरेका त छैनौ यो आन्दोलनलाई मनथन गर्न शान्त , सुरक्षा र स्वतन्त्र हिँड्नका निम्ति वार्ता अगाडि बढाउन जरुरी छ' उनले भने

यस्तै, नेपाली काँग्रेसका सांसद खगेनसिंह हांगामले कोशी प्रदेश नाम आएसँगै सडक र सरकारी कार्यलय अस्तव्यस्त रहेको बताए। उनले आफू पनि पहिचानको  भूगोल, सभ्यतामा रहेकाले वार्ताको पक्षमा बोलाउन माग राखेका छन्। उनले आन्दोलनको क्रममा घाइते भएकालाई  सरकारसमक्ष उपचारको माग समेत राखेका छन्।

नेकपा माओवादी केन्द्रका सांसद गणेश उप्रेतीले पुनः नामकरणको आन्दोलनले आफ्नो परिचय लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए। उनले प्रदेशको नाम राखेदेखि यता मुख्यमन्त्री गाउँ उक्लन नसकेको बताउँदै उनले प्रश्न गरे, मूख्यमन्त्रीज्यू बाहिर लागिरहेको जुलुस र भिड कहाँको हुन् उनी यही प्रदेशका होइनन्?'

आन्दोलनमा उत्रिएका अधिकांश आन्दोलनको पक्षमा उभिएका सबै आफूहरूलाई मत दिएको बताउँदै उनले भने, 'वार्तामा ल्याउन के ले छेक्यो? केन्द्र सरकारले छेक्यो कि? प्रतिपक्षले छेक्यो कि? मलाई लाग्दैन त्यस्तो केहिले छेकेको।'

नेपाली काँग्रेसका संसद गोपाल तामाङले प्रदेशको नामकरणको विरोधका कारण परिचयपत्र लुकाएर हिँड्न पर्ने अवस्था आएको बताए। उनले हिजो पनि ठुला ठुला आन्दोलन गरेर आएको दल सदनमा रहेको बताउँदै उनले  सरकार किन मौन रहेको भन्दै प्रश्न गरे।

उनले भने, 'आन्दोलन वार्ताबाट समधान गरियस् आज किन वार्ता गरिरहेका छैनौँ, यो के उद्देश्य छ रु यसको स्पष्ट गर्न मुख्यमन्त्रीलाई माग राख्दछु।'  बैठकमा राप्रपाका सांसद गोपाल बहादुर विश्वकर्मा, माओवादी केन्द्रका सांसद तारादेवी ढकाल लगायतले आन्दोलन पक्षधरलाई वार्तामामा बोलाउनुपर्नेमा जोड दिएका छन्।

कोशी प्रदेशसभा बैठक  भित्र चलिरहँदा बाहिर सडकमा भने  पहिचान पक्षधरको  प्रदर्शन जारी छ। पहिचानवादीको आन्दोलनमा झडप हुँदा आधा दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.