|

विराटनगर : कोशी प्रदेशको नाम खारेजीको माग गर्दै भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।

उक्त झडपमा आधा दर्जन प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। कोशी प्रदेशसभा बैठक भित्र चलिरहँदा बाहिर सडकमा भने पहिचान पक्षधरको प्रदर्शन जारी राखेका छन्।

प्रदेशसभा भवन अगाडि प्रहरीले रोकेपछि प्रदर्शनकारीले ढुंगामुढा गरेका थिए। प्रहरीले प्रदर्शनकारीमाथि पानीको फाेहाेरा प्रहार गर्दै लाठी चार्ज गरेको थियो।

झडपको अवस्थालाई मध्यनजर गर्दै बिहानैदेखी विराटनगरमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.