|

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि  चेन्नई सुपर किङ्सले जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउदै चेन्नईले पाँचौं पटक आईपीएलको उपाधि जितेको हो।

वर्षाका कारण १५ ओभरमा घटाइएको खेलमा चेन्नईका लागि १५ ओभरमा १७१ रनको लक्ष्य तय गरिएको थियो। जुन चेन्नईले ५ विकेट गुमाएर पुरा गरेको थियो। चेन्नइका लागि डेभिड कन्वेले ४७ रन बनाउँदा ओपनर ऋतुराजले २६ रन बनाए। त्यस्तै अजिक्य रहाणेले २७ बनाए भने  शिभम दुबे ३२ रनमा नटआउट रहे।  

गुजराजका मोहित शर्माले तीन तथा नुर अहमदले २ विकेट लिए पनि हारलाई टार्न सकेनन्। 

त्यसअघि टस हारेर पहिला ब्याटिंग गरेको गुजरात टाइटन्सले २० ओभरमा ४ विकेट गुमाउदै २१४ रन बनाएको थियो। गुजराजतका लागि साई सुदर्शनले सर्वाधिक ९६ रन बनाए। त्यस्तै ऋद्धिमान साहले ५४ तथा सुभव गिलले ३९ रन बनाए। कप्तान हार्दिक पाण्डेय २१ रनमा नटआउट रहे। ​ 

बर्षाले प्रभावित फाइनल आइतबार हुनुपर्नेमा सोमबार राति सम्पन्न भएको थियो। योसँगै चेन्नईले पाँच पटक आईपीएलको उपाधि जितेको छ। ​चेन्नईले यसअघि २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि जितेको थियो।

त्यस्तै दोस्रो सिजन आईपिएल खेलिरहेको गुजरात भने दुवै पटक फाइनल खेलेको छ। अहिल्लो सिजन डेब्यू खेलमै राजस्थान रोयल्सलाई हराउँदै विजेता बनेको गुजरात यस पटक भने उपविजेतामा चित्त बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.