|

काठमाडौं : नेपाल शिक्षक महासंघले आव २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नभएको भन्दै आन्दोलन गर्ने तयारी गरेको छ। गत सोमबार अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गरेका थिए।

उक्त बजेटमा मागहरू सम्बोधन नभएको महासंघका अध्यक्ष गंगाराम तिवारीले जानकारी दिए। उनले वर्तमान बजेट केन्द्रित गरी सरोकारवाला निकाय, प्रधानमन्त्री,मन्त्रीहरू सांसद साथै सबै राजनीति दलका प्रमुख व्यक्तिहरूलाई भेटघाट गरेर माग गरे पनि त्यो पूरा नभएको बताए।

‘सदनमा हाम्रा माग मुद्दालाई जोडदार रूपमा पनि आएको हामीले देखेको र सुनेकै छौँ, यी यावत सबै काम गर्दा पनि सरकार बेखबर भएर बजेटमा सम्बोधन हुन नसकेको वर्तमान परिवेशमा हामी आन्दोलन बाहेक कुनै विकल्प रहेन,’उनले भने। यसै कारण सबै विद्यालय कर्मचारीहरू पूर्ण तयारीमा रहन उनले आग्रह गरे।

उनीहरूले बजेटमा विद्यालय कर्मचारी र बालकक्षाका शिक्षकको तलब वृद्धि गर्नुपर्ने, तलबमान जारी गर्दा विभेद भएको ग्रेड तथा तलब मिलान गर्नुपर्ने, मासिक तलब नियमित रूपमा महिनैपिच्छे भुक्तानी दिने प्रबन्ध गर्नुपर्ने, कुल बजेटको २०% शिक्षामा लगानी गर्नुपर्ने, शिक्षण सिकाइ अनुदानका शिक्षकलाई दरबन्दीका शिक्षकसरह तलब दिनुपर्ने लगायत माग राखेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.