|


काठमाडौं : भारतले हालै उदघाटन गरेको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’को नाममा राखिएको नक्साप्रति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ध्यानाकर्षण गरेको छ। रास्वपाले एक विज्ञप्ति जारी गर्दै यस विषयमा पार्टीको ध्यानकर्षण भएको र  नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतासँग प्रतिकुल हुने कुनै पनि कदम राष्ट्रिय स्वतन्त्र पार्टीलाई स्वीकार्य नहुने बताएको हो।

त्यस्तै, रास्वपाले  प्रधानमन्त्रीको  भारत भ्रमणको क्रममा यो विषय उठान गरी जनतासमक्ष यसको सत्यतथ्य सार्वजनिक गर्न पनि माग गरेको छ।

नक्सामा नेपाल र पाकिस्तानका भूभागसमेत उल्लेख छ। नक्साभित्र नेपालका लुम्बिनी र कपिलवस्तु तथा भारतबाट छुटेर बनेको पाकिस्तानको तक्षशिलालाई स्पष्ट देखाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजदेखि चारदिने भारत भ्रमण गर्दै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.