|

काठमाडौं : चार जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

चितवन, राप्ती नगरपालिका-४ मार्तल पुल नजिकै सडकमा बा.प्र. ०३-००१ ख १८६३ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय हरि पाण्डेको मंगलबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मोरङ, पथरीशनिश्चरे नगरपालिका-२ स्थित सडकमा प्रदेश १-०१-००१ ख ३५४९ नम्बरको बसको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ५० वर्षीय यज्ञ थापाको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

बाँके, राप्तिसोनारी गाउँपालिका-८ मुगुवा खोलास्थित सडकमा मे.१ ख ३३३५ नम्बरको बस र बा.१३ च ८२५३ नम्बरको  कार एक-आपसमा ठक्कर खाई मंगलबार दिउँसो दुर्घटना हुँदा कारमा सवार २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा कार चालक गोरखा  पालुङटार नगरपालिका-३ बस्ने ३५ वर्षीय सुभाष अधिकारी र कारमा सवार सुर्खेत वीरेन्द्रनगर नगरपालिका-७ बस्ने ५३ वर्षीया डा.सन्जु खाती खड्का रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सिन्धुली, कमलामाई नगरपालिका-२ बोहोरेमा ज.१ त ९९४१ नम्बरको ट्याक्टरको ट्रली र इन्जिनको बिचको भाग भाचिएर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सह-चालक कमलामाई नगरपालिका-२ बस्ने १५ वर्षीय लक्षमण विकको घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.