|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री दाहाल बुधबार दिउँसो त्रिभुवन विमानस्थलबाट नेपाल वायुसेवा निगमको नियमित जहाजबाट नयाँदिल्ली उडेका हुन्।  भ्रमण टोलीमा करिब एक सयभन्दा बढी सहभागी छन्। 

दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव छन्। परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल छन्।

​तेस्रोपटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री दाहाल चार दिनका लागि भारत भ्रमणमा गएका हुन्।

भ्रमणमा विद्युत्, व्यापार, भौतिक पूर्वाधार तथा पारवाहनलगायत विषयमा सम्झौता हुने परराष्ट्र मन्त्री नारायणप्रकाश एनपी साउदले बताए। विद्युत् आयोजनाहरूमा भारतीय लगानी आकर्षित गर्ने र नेपालमा उत्पादित विद्युत्‌को बिक्रीको सुनिश्चितता गर्न पनि सरकारले भारत भ्रमणलाई महत्त्वका साथ लिएको उनको भनाइ छ। प्रसारणलाइन विस्तार र भारत हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने आधार बनाउने विषयमा पनि छलफल हुने उनी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.