|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमला दाहाल प्रचण्ड चारदिने भारत भ्रमणमा प्रस्थान गरेपछि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार दिउँसो चारदिने भारत भ्रमणमा गएका हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनको निजी सचिवालयका साथै आधा दर्जन मन्त्री र डेढ दर्जन सचिव छन्। परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री रमेश रिजाल कृषिमन्त्री वेदुराम भुसाल छन्।

​तेस्रोपटक प्रधानमन्त्री भएपछि दाहालको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री दाहाल चार दिनका लागि भारत भ्रमणमा गएका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.