|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक संजालमा आफूविरुद्ध कुप्रचार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। 

सुनको औंठीसमेत नलगाउने आफूलाई बोक्नै नसक्ने सुन लगाइदिएको फोटो बनाएर प्रचार गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

‘मैले सानो छँदा आमा बितेर गएपछि आमाको औंठी चार दिनजति लगाएँ । आमाको सम्झना आएर हडबडी हुन थालेपछि मैले त्यो लगाउन छोँडे’, काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक दिन एउटा साथीले सुनको औंठी उपहार दियो। त्यो पनि दिनभरी लगाएँ, त्यसपछि फुकालेर राखेँ कसले लग्यो थाहा छैन।’

पशुपतिनाथमा सुनको जलहरी लगाउँदा भ्रष्टाचार भएको विषय बाहिर आएपछि झपक्कै सुन लगाएको फोटोमा ओलीको टाउको जोडेर सामाजिक संजालमा भाइरल बनाइएको छ। 

आफूलाई सानो छँदा कान छेडेर मुन्द्र लगाइदिएको भए पनि ठूलो भएपछि त्यो पनि फुकालिएको ओलीले स्मरण गरे। 

‘अहिले त मलाई बोक्न नसक्ने गरी सुन लगाइदिएका छन्। सत्य जे हो त्यो पो उजागर गर्ने त। जे मन लाग्यो त्यही गर्ने छाडा प्रवृत्ति बढ्दै गएको छ।’ ओलीले भने, युट्युव हेर्ने एकान्त कुनातिर पस्नुपर्छ। कुन बेला लाजमर्दो हुने हो, कतिबेला के आउने हो ठेगान छैन।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.