|

काठमाडौं : गर्मी अत्यधिक बढेपछि सुनसरीका सम्पूर्ण पालिकाका विद्यालय बन्द गरिएको छ। 

आजदेखि लागु हनेगरी २२ गते आइतबारसम्मका लागि सम्पूर्ण पालिकामा बिदा दिएको इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण मल्लले जानकारी दिए। गर्मीका कारण बालबालिकामा स्वास्थ्य समस्या देखिन थालेकाले र पठनपाठनलगायतका गतिविधि सञ्चालन गर्न कठिनाइ भएपछि बर्खे बिदाबाट कट्टा हुनेगरी बिदा मिलाइएको उनले बताए। 

यस्तै मोरङको विराटनगर महानगरपालिकाका विद्यालयमा पनि दुई दिन बिदा दिइएको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित शैक्षिक संस्थामा दुई दिन बिदा दिने निर्णय गरेको हो । केही दिनयता तराईका जिल्लासहित देशभर अत्यधिक गर्मी बढेको छ। 

यस्तै झापामा पनि केही स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मेचीनगर नगरपालिकाले दुई दिन तथा कचनकवल गाउँपालिकाले पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेका छन्। कचनकवलले आजदेखि जेठ २२ गतेसम्म पाँच दिनका लागि पठनपाठन बन्द गर्ने निर्णय गरेको हो।

गर्मीले पठनपाठनमा अवरोध भएकाले वर्षे बिदाबाट बिदा कट्टा हुने गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रमुख प्रशासकीय अधिकृत हीराकुमारी यादवले जानकारी दिइन्। यसैगरी मेचीनगर नगरपालिकाले पनि दुई दिनका लागि सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.