|

काठमाडौं : थापाथलीमा भेटिएका सर्लाहीका रामराजा साह बिहानैदेखि फलफूल बेच्न सडक सडकमा साइकल कुदाइरहेका छन्। निधारबाट पसिनाका धारा बगाउँदै उनी तातो घामको कुनै प्रवाह नगरी व्यापारमा ब्यस्त छन्।

'गर्मी भएर के गर्नु? पापी पेटको सवाल छ हजुर', साह घामको रापलाई छायामा पार्न भोकको समाजशास्त्र केलाउँछन्, 'गर्मी भयो भनेर काम नगरी घरका बस्दा बेलुका खान पाइँदैन।'

बिहानैदेखि करिब २ हजारको व्यापार भइसकेको बताउने साह पछिल्लो केही दिनदेखि उपत्यकामा गर्मी बढ्दै गएको अनुभव गर्छन्। विगत १२ वर्षदेखि काठमाडौंमा फलफुल बेचिरहेका उनले पछिल्लो वर्ष गर्मी बढ्दै गएको सुनाउँछन्।

'जेठमै यस्तो गर्मी छ, असार साउनमा के हो?', उनले निधारको पसिना पुछ्दै साइकल डोर्‍याउँदै आफ्नो बाटो लागे।

विगत केही दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर गर्मी बढेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव पारेको छ।

आज काठमाडौँको अधिकतम तापक्रम ३२ डिग्री सेल्सियस रहेको छ। पछिल्लो केही दिनयता काठमाडौंको अधिकतम तापक्रम २३ देखि ३५ डिग्रीसम्म पुगेको महाशाखाका जनाएको छ।  काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्को घाम लागेकाले अत्यधिक गर्मी महसुस गरिएको छ।

तर, यो गर्मीले परिश्रम गर्नेलाई भने रोकेको छैन। उनीहरू गर्मीमा पनि आफ्नो काममा मस्त छन्।

केही तस्वीर झलक :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.