|

सल्यान : सल्यानको कपुरकोट गाउँपालिका–३ फलाटेमा दुई घरमा आगलागी हुँदा चार लाख बराबरको क्षति भएको छ।

बिजुलीको तार सट हुँदा फलाटेका ५५ वर्षीय सेते डाँगीको घर र ३५ वर्षीय कृष्ण खत्रीको गोठ जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

डाँगीको फुसले छाएको दुई कोठे घर र खत्रीको गोठ पूरै जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए

मानवीय क्षति नभए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको उनको भनाइ छ। स्थानीय र प्रहरीको समन्वयमा घरमा लागेको आगो अहिले नियन्त्रणमा आएको खनालले बताए।

गर्मी बढेसँगै सल्यानमा आगलागीका घटना बढ्दै जान थालेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.