|

लुम्बिनी : पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१२ तामनगरमा सवारी दुर्घटनामा दुई युवकको मृत्यु भएको छ । 

दुर्घटनामा गुल्मी मालिका गाउँपालिका–४ अर्खवाङका १७ वर्षीय सुजन अर्याल र मालिका गाउँपालिका–८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको हो ।

दुर्घटनामा परी घाइते दुवै जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

बुटवलबाट कपिलवस्तुतर्फ जाँदै गरेको लु १ ख ९०६३ नम्बरको बस र बुटवलतर्फ आउँदै गरेको लु ३९ प ९१५७ नम्बरको मोटरसाइकल शनिबार तामनगरस्थित कोरियन टेक्निकल कलेज नजिक ठक्कर खाएको थियो।

बसचालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.