|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयको विरोध गरेको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सदनमा आएको बेतिथिको भारी आफूहरूले बोक्न नसक्ने बताउँदै सरकारको गलत कामलाई समर्थन नगर्ने बताए। 

‘संसदमा आएको बेथितिविरुद्ध आएको रास्वपाले यो कर्मको भारी बोक्ने छैनौँ। हाम्रो यसमा समर्थन छैन। यो राजनीतिक, नेपालको सुरक्षासँग जोडिएको विषय हो। यो मानव अधिकार र भूराजनीतिसँग जोडिएको विषय हो। यो गम्भीर विषयमा संसद विशेष समयमा छ। संसदमा हामीलाई खास काम छ भनेर बोल्न दिइरहने अनि सरकार लुसुलुसू आफ्नो काम गर्ने? यो रवैयालाई अब रास्वपाले स्वीकार गर्दैन। सरकारले यो रोकोस्,’ उनले भने। 

प्रमुख सचेतक परियारले नेपाली नागरिकलाई नागरिकता प्रदान गर्न रास्वपा सदन र सडक जहाँसुकै संघर्ष तयार रहेको बताए। 
‘यो गलत विधि सुधार हुँदैन भनेर रास्वपा टुलुटुलु हेरेर बस्दैन। हामी सरकारसँग जवाफ चाहन्छौं,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.