|

काठमाडौं : नेकपा (एमाले)ले सहित प्रतिपक्ष दलहरू राप्रपा र रास्वपाले संयुक्त रूपमा प्रतिनिधिसभा बैठक अवरुद्ध पारेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साटने काम गरेको विरोधमा आइतबार बसेको प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हुन्।

बैठकका बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणिकरण गरेको विधेयक निष्क्रिय बनाई एक हप्ताभित्र सरकारले संसदले अर्को विधेयक नल्याएसम्म संसद् बैठक चल्न नदिने चेतावनी दिए।

सभामुख देवराज घिमिरेले पटक पटक सांसदहरूलाई बस्न आग्रह गरे पनि उनीहरूले सिटबाट उठेर निरन्तर नाराबाजी गरिरहे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.